विहारमा ‘भाजपा भगाऊँ, देश बचाऊँ’ र्याली

विहारमा ‘भाजपा भगाऊँ, देश बचाऊँ’ र्याली

काठमाडौं । भारतको विहारका विवादास्पद नेता लालू यादवको नेतृत्वमा विहारको राजधानी पटनामा आइतबार (आज) ‘भाजपा भगाऊँ, देश बचाऊँ’ र्याली आयोजना हुन लागेको छ ।

र्याली अब केही बेरपछि सुरु हुने हिन्दूस्तान डट कमले जनाएको छ । राजदले आयोजना गर्न लागेको उक्त र्यालीमा सो पार्टीका अध्यक्ष लालू यादव र उनका छोरा विहारका पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवले आफ्नो शक्ति प्रदर्शन गर्नेछन् । र्यालीका लागि बिहानैदेखि पटनाको गान्धी मैदानमा समर्थकहरूको हुल ओइरिन लागेको समाचारमा उल्लेख छ । र्यालीमा नीतीशको पार्टीबाट विद्रोह गरेका शरद् यादव समेत सामेल हुन सक्ने बताइएको छ ।

उक्त र्यालीमा उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, कांग्रेस नेता गुलाम नबी आजाद, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायतका विपक्षी नेताहरू सहभागी हुँदैछन् । विशेषगरी भाजपाविरुद्ध लक्षित उक्त र्यालीमार्फत विपक्षीहरूले भाजपालाई चुनौती दिन चाहेको समाचारमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्