अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

<span class='c1'>अफ्रिकी मुलुक नाइजरमा बाढीका</span> <span class='c2'>कारण ४० जनाको मृत्यु</span>

नाइजर। पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् । उत्त क्षेत्रमा गत शनिबारदेखि शुरु भएको बर्षा मङ्गलबार पनि जारी रह्यो ।

गवाउगौरा गाउँ प्रमुख सालेय अव्दाउहेले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खतरामुक्त क्षेत्रमा रहेका विद्यालयमा शिविर बनाई बस्न आग्रह गरेका छन् ।

सरकारले बाढी प्रभावित नागरिकलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको बाकोले बताउनुभयो । उक्त क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बास तथा तत्काल पु¥याउनुपर्ने आधारभूत सेवाको लागि काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्