भारी वर्षाबाट मुम्बईमा पाँचको मृत्यु

<span class='c1'>भारी वर्षाबाट मुम्बईमा</span> <span class='c2'>पाँचको मृत्यु</span>

मुम्बई । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ ।

प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् ।

भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ ।

गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पुर्‍याएको छ । यस मुनसुनबाट भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

मुम्बईमा बर्षा जारी छ । पानी जमेमा कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ– एकजना सरकारी अधिकारीले जानकरी दिएका छन् । रासस÷एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्