पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा भारी वर्षापछिको बाढीमा परी १६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । भारी वर्षापछिको बाढीमा मृत्यु भएकामा ११ जनालाई करेन्ट लागेको कराँचीको मानवीय सहायता संस्था इधि फाउन्डेनसले सीएनएनलाई बताएको छ ।
कराँचीमा सेप्टेम्बर महिनामा औसत १९ दशमलव ९ मिलिमिटर पानी पर्ने गरेको भए पनि यो पटक भने ९७ मिलिमिटर वर्षा भएको कराँचीको जल मापन विभागले जनाएको छ ।