उत्तर कोरियामा ठूलो भूकम्प, परमाणु परीक्षणले भूकम्प गएको अनुमान

उत्तर कोरियामा ठूलो भूकम्प, परमाणु परीक्षणले भूकम्प गएको अनुमान

भदौ १८ – उत्तर कोरियामा ठूलो भूकम्पको धक्का गएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणका कारण भूकम्पको धक्का गएको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले अनुमान गरेका छन् । अमेरिकी भूगर्भ विभागले परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का ६ दशमलव ३ रेक्टर स्केलको रहेको छ । यो परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले जनाएको छ । अहिले भूकम्पको धक्का महसुस गरिएको क्षेत्रबाट नै उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको थियो ।

उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै भूकम्पको धक्का महसुस गरिएको हो । उत्तर कोरियाका नेत किम जोङ–उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको हरेको बताएको थियो । यो बमलाई मिसाइलमा लगाउन सकिने दाबी गरिएको छ । दक्षिण कोरियाका अनुसार आइतबार बिहान सम्भावित परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का उत्तर कोरियाको परमाणु परीक्षण स्थल पुनग्ये रीको नजिक रहेको किलजु काउन्टीमा केन्द्र विन्दु भएर गएको हो ।

उत्तर कोरियाले यसअघि गएको वर्षको सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले परमाणु तथा मिसाइल कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्