पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु

पाकिस्तानमा डेंगुका कारण १७ जनाको मृत्यु

पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ ।

लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ । उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा राखेर नियमित औषधि सेवन गराइएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्