गुरमित राम रहीमको आश्रममा खानतलासी सुरु

गुरमित राम रहीमको आश्रममा खानतलासी सुरु

डेरा सच्चा सौदाको मुख्यालयमा आश्रित र समर्पित साध्वीहरूको यौनशोषण गरेको आरोपमा २० वर्षको जेल सजाय पाएका भारतका कथित धर्मगुरु गुरमित राम रहीमको पञ्जाब सिरसास्थित आश्रमको खानतलासी गर्न पञ्जाब तथा हरियाणा उच्च न्यायालयले अनुमति दिएको छ । अनुमतिपछि प्रशासनले उक्त आश्रमको व्यापक खानतलासी सुरु गरेको समाचार छ ।

भारतीय दैनिक भास्करले लेखेको समाचारमा जनाइएअनुसार डेराको जायजा लिन र यसभित्र विगतमा हुने गरेका आपराधिक गतिविधिको जानकारी लिनका लागि यस्तो खानतलासी गर्न लागिएको हो । डेराका एकएक कुरा हेर्नका पाँच हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । यहाँ लगाइएका ताल्चाहरू फोर्न मात्र २२ जना लोहारहरू परिचालित गरिएको छ । खानतलासी बुधबारदेखि सुरु हुनेछ ।

यो आश्रमभित्र साध्वीहरूमाथि यौनशोषण हुने मात्र होइन, अत्याचारको विरोध गर्न खोज्ने होस्टलमा बसेका युवतीहरूको हत्या गरिने गरेको समेत आरोप छ । यहाँ आश्रित साधुहरूलाई विभिन्न सिद्धि प्राप्त हुने र भगवान् प्राप्त हुने भ्रममा पारेर नपुंसक बनाई जीवन बर्बाद पारिदिने गरिएको आरोप पनि छ ।

डेरा भवनमा हुने अत्याचार, अनाचार र भ्रष्टाचारको विरोध गर्नेको कुनै तरिकाले हत्या गर्ने र आश्रम परिसरभित्रै जलाउने गरिएको पनि यहाँ बस्नेहरूले बताउन थालेका छन् । त्यसैगरी यो आश्रमभित्र अवैध हातहतियार, विस्फोटक सामग्री र अन्य आपराधिक कुराहरूको सङ्ग्रह र प्रयोग हुने गरेको साथै मारेर जलाइएका व्यक्तिहरूको अस्थिपञ्जर यहाँ भेटिनसक्ने आरोपका सन्दर्भमा यस्तो खानतलासी गर्न लागिएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्