उत्तर प्रदेशमा अर्को रेल दुर्घटना

उत्तर प्रदेशमा अर्को रेल दुर्घटना

हावडाबाट जवलपुर जाँदै गरेको शक्तिपुञ्ज एक्सप्रेस रेलका ७ डिब्बाहरू बिहिबार बिहान सोनभद्र नजिकै लिगबाट तल खसेका छन् । घटना ओबरा थानाक्षेत्रको फफराकुण्ड स्टेसन छेउँमा घटेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जुन ठाउँमा रेलका डिब्बाहरू पल्टेका छन्, त्यहाँ रेलको पटरी भाँचिएको देखिन्छ । उक्त घटनामा कुनै पनि यात्री हताहत नभएको समाचारमा जनाइएको छ ।

यस पटकको रेल दुर्घटना उत्तर प्रदेशमा १९ दिनभित्र भएको तेस्रो घटना हो । यसअघि १९ अगस्तमा पुरी–हरिद्वार उत्कल एक्सप्रेसका १२ डिब्बाहरू पटरीबाट तल झरेका थिए । उक्त दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने १५६ जना घाइते भएका थिए । त्यसलगत्तै २३ अगस्तमा कैफियत एक्सप्रेसको दिल्ली–हावडा मार्गको रेल औरैया जिल्लामा एउटा डम्परसँग ठोकिएको थियो । उक्त दुर्घटनामा इन्जिनसमेत १० डिब्बा पटरीबाट तल खस्दा ८० भन्दा धेरै व्यक्तिहरू घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्