दक्षिणी इराकमा भएका दुई छुट्टाछुट्टै हमलामा ६० जनाको मृत्यु भएको छ । धिकार प्रान्तको राजधानीमा भएको विस्फोटमा ६० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
त्यहाँको एक चेक पोइन्टमा विस्फोट गराइएको थियो । घटनामा कम्तिमा ९० जना घाइते भएका छन् । समाचारमा जनाइएअनुसार यसको जिम्मा आइएसले लिएको छ ।