राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा न्यूयोर्कमा आतंककारी आक्रमण गर्नेलाई मृत्युदण्ड दिन माग

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा न्यूयोर्कमा आतंककारी आक्रमण गर्नेलाई मृत्युदण्ड दिन माग

वासिंटन, कात्तिक १७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् ।

साइपोभले भने न्यूयोर्कमा आक्रमण गर्दा आफूलाई निकै आनन्द आएको र अझै बढी मानिस मार्ने आफ्नो चाहना रहेको प्रहरीसँग बताएका छन् ।

बुधबार गरिएको आक्रमणमा ८ जना बटुवा मारिएका थिए भने अरु ११ जना घाइते छन् । मारिनेमा पाँच जना अर्जेन्टिनी नागरिक थिए ।

प्रहरीले आक्रमणकारी आईएससँग प्रभावित व्यक्ति भएको जिकीर गरेको छ ।

एक वर्षदेखि आक्रमणको योजना बनाइरहेका साइपोभको तीन बच्चा रहेको पनि बताइएको छ । २९ वर्षीय उज्वेकिस्तानका आप्रवासी साइपोभमाथि जानाजान ट्रक जोताएको र इस्लामिक अतिवादी समूह आईएसलाई सामग्रीहरु उपलब्ध गराएको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्