अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको भ्रमणमा जाने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको भ्रमणमा जाने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।  उनले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लाग्नु भएको सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्प त्यहाँ पुग्न लागेका हुन् ।  दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने अमेरिकी सैनिक शिवीरको भ्रमणमा पनि उनी जान लागेका हुन् ।

ब्ल्यु हाउसमा हुन लागेको एक विशेष सभामा राष्ट्रपति मुन जाए इनको साथमा राष्ट्रपति ट्रम्प पनि रहने छन् । सो सभामा राष्ट्रपतिको सम्बोधन हुनेछ । यस छलफलमा दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ सरकारी अधिकारीहरुको सहभागिता रहने बताइएको छ ।

सो भ्रमणका क्रममा दक्षिण कोरिया र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।

उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने अहिले नै केही बताइएको छैन । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्