साउदी अरबका ११ राजकुमार र कैयौं मन्त्री हिरासतमा

<span class='c1'>साउदी अरबका ११ राजकुमार</span> <span class='c2'>र कैयौं मन्त्री हिरासतमा</span>

साउदी अरबमा भ्रष्टाचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार र मन्त्रीहरुलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । भ्रष्टाचार रोकथामका लागि नयाँ समिति गठन गरिएको चार घण्टामै ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरिएको हो ।

हिरासतमा लिइएकाहरुको नाम सार्वजनिक गरिएको छैन भने उनीहरुलाई कुन कसुरमा पक्राउ गरिएको भन्ने बारेमा पनि पुष्टि हुन सकेको छैन । तर साउदी ब्रोडकास्टर अल–अरेबियाले सन् २००९ मा जेद्दाहमा आएको बाढी र २०१२ मा ‘मर्स’ नामक भाइरसको संक्रमण फैलाइएको घटनाको नयाँ ढंगबाट जाँच सुरु गरिएको जनाएको छ ।

साउदी अबरको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उक्त समितिको अध्यक्षता गरिरहेका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई पक्राउ पुर्जी जारी गर्ने र यात्रामा प्रतिवन्ध लगाउन सक्ने अधिकार प्रदान गरिएको छ । साउदी अरबमा साउदी नेशनल गार्ड र नौसेना प्रमुखहरु पनि परिवर्तन गरिएको छ ।

सरकारी समाचार एजेन्सी एसपीएले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल–सुल्तानलाई साउदी राजा सलमानले बर्खास्त गरेको जनाएको छ । उनीहरुलाई बर्खास्त गरिनुको कारण भने अाधिकारिक रुपमा खुलाइएको छैन ।

रोयटर्सका अनुसार पक्राउ पर्नेमा साउदी अरेवियाका राजकुमार अल वालिद बिन तलाल पनि छन् । तलाल केही वर्षअघि नेपाल पनि अाएका थिए । तत्कालीन सरकारले नेपाल भ्रमणका दौरान उनलार्इ महाउज्वल राष्ट्रदीप विभूषणसहित सम्मान दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्