ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोडक्स चियाको माग अन्तर्राष्ट्रिय बजारमा

<span class='c1'>ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोडक्स</span> <span class='c2'>चियाको माग अन्तर्राष्ट्रिय बजारमा</span>

ताप्लेजुङ, कात्तिक २९ गते ।  गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन ।  मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै  यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ ।  यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा माग हुन थालेको छ ।
ताप्लेजुङमा उत्पादित अर्थोडक्स चिया परीक्षणका लागि बेलायत, इटाली तथा डेनमार्कलगायतका देशमा पठाइएको थियो ।  परीक्षणको क्रममा गुणस्तरीय भेटिएपछि ठूलो परिमाणमा यसको माग आएको बताइएको छ ।  डेनमार्कका व्यवसायीले मात्र वार्षिक ३० हजार टन चियाको माग गरेका छन् ।  तत्काल उक्त माग पूर्ति गर्ने गरी ताप्लेजुङमा अर्थोडक्स चिया उत्पादन हुनसक्ने सम्भावना भने नरहेको चिया उत्पादकले बताएका छन् ।
चिया उत्पादन हुन थाले पनि सुरुमा राम्रो प्रविधि एवं चियाको बजार व्यवस्थापन नहुँदा र उत्पादित चियाको गुणस्तर बुझ्न नसक्दा केही व्यवधान आएको थियो ।  तर गुणस्तर मापन भइसकेपछि भने चिया खेतीप्रति उत्साह र हौसला थपिएको पाथीभरा चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक विदुर भट्टराईले बताउनुभयो ।
अहिले डेनमार्कका व्यवसायीबाट ठूलो परिमाणमा चियाको माग रहेको र चिया खेती विस्तारका लागि समेत सहयोग गरेपछि खेती विस्तारमा थप उत्साह जागेको भट्टराईको भनाइ छ, उहाँले भन्नुभयो, यहाँ चियाको सम्भावना रहेछ भन्ने बुझ्यौँ, अबचाहिँ  यसको विस्तार, विकास र उत्पादनमा अघि बढ्छौँ ।  ठूलो परिमाणमा चियाको माग आए पनि अहिले वार्षिक सात सयदेखि एक हजार किलोग्रामसम्म मात्र चिया उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।
ताप्लेजुङमा उत्पादन हुने चिया अहिले ‘ग्रीन टी’ का लागि मात्रै प्रयोग हुँदै आएको छ ।  ग्रीन टी का लागि ‘दुई पात एक सुइरो’ टिपेपछि यहीँ प्रशोधन गरिँदै आएको सहकारी संस्थाका अर्का सदस्य मोहनकुमार राईले बताउनुभयो ।  राईका अनुसार ग्रीन टी हाल बेलायतमा रहेका गोर्खा सैनिक र काठमाडौँका केही व्यवसायीले लैजाने गरेका छन् ।  चियाको मूल्य भने प्रतिकेजी दुई हजार ५०० रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
महिनामा ती पटकसम्म चियाको मुना टिप्न सकिने र १० केजी हरियो मुनाबाट दुई केजी दुई सय ग्रामसम्म अर्थोडक्स चिया उत्पादन हुने बताइएको छ ।
यता माग बढेसँगै व्यक्तिगत जग्गामा पनि जिल्लाका किसानले चिया खेती लगाउन थालेका छन् ।  जिल्लाका अलैँची किसानले समेत चिया खेती लगाउन थालेको पाइएको छ ।  विगतमा अलैँचीको मूल्य राम्रो हुँदा अलैँचीतर्फ मात्र आकर्षित किसान अहिले अलैँचीको मूल्यमा निरन्तर गिरावट आउन थालेसँगै विकल्पमा चिया खेती लगाउन थालेका हुन् ।  अर्थोडक्स चियाको बजार माग राम्रो हुन थालेपछि विस्तारै चिया खेतीतर्फ किसान आकर्षित बन्दै गइरहेका छन् ।
गत वर्ष मात्रै फुङ्लिङका स्थानीय वेदनिधि पौडेलले आफ्नो निजी जमिन करिब सय रोपनी क्षेत्रफल बराबरको जमिनमा २१ हजार बिरुवा रोपेको बताउनुभयो ।  गत वर्ष रोपेको ठाउँमा केही बिरुवा मरेकाले यस वर्ष १० हजार बढी बिरुवा थप गरी २७ हजार पु¥याएको पौडेलले जानकारी दिनुभयो ।  त्यसै खेर गइरहेको पाखा जमिनमा चिया लगाउन सुरु गरेको छु, अहिले निकै सहजाएर बिरुवा आउँदैछ, पौडेलले भन्नुभयो ।
यस्तै अर्का किसान फुङ्लिङ नगरपालिका १० फुरुम्बाका बलराम भट्टराईले पनि ५० रोपनी निजी जमिनमा २६ हजार चियाको बिरुवा रोपेको बताउनुभयो ।  भट्टराईले अघिल्लो वर्ष २३ हजार र यो वर्ष तीन हजार बिरुवा थप गरेको बताउनुभयो ।  उहाँका भतिजा महेन्द्र भट्टराईले पनि यो वर्ष आठ हजार बिरुवा रोप्नुभएको छ ।  चिया खेतीको राम्रो सम्भावना साथै आम्दानी गर्न सकिने भएपछि किसानले इलामबाट बिरुवा खरिद गरी खेती विस्तार गर्न थालेका हुन् ।  उहाँहरूसँगै अन्य किसानले समेत जिल्लामा हालसम्म ३५० रोपनी बढी निजी जग्गामा चिया खेती बिस्तार भइसकेको
बताइएको छ ।
उचित प्रविधिको अभावमै भए पनि चिया खेती सुरु गरेको किसानको भनाइ छ ।  चियाको विषयमा सरकारी तथा गैरसरकारी निकायले पनि खासै चासो नदिएको र जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्दा समेत चिया खेती गर्नेका लागि प्राविधिक उपलब्ध नगराएको किसानको गुनासो छ ।
चियाको बिरुवा समेत आफ्नै लगानीमा इलामबाट ल्याउनुपर्ने भएको किसान बताउँछन् ।  इलामको साँखेजुङबाट बिरुवा प्रतिगोटा १२ रुपियाँसम्ममा खरिद गरेर खेती लगाएको स्थानीय किसान पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्