अफ्रिकी देश जिम्बावेको सेनाले सैनिक शासन सुरु गर्यो

अफ्रिकी देश जिम्बावेको सेनाले सैनिक शासन सुरु गर्यो

कात्तिक २९ – अफ्रिकी देश जिम्बावेको सेनाले सैनिक शासन सुरु गरेको छ । राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् । सैनिकले बुधबार बिहानै सरकारी सञ्चारमाध्यमका मुख्यालय नियन्त्रणमा लिएको छ । सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु छन् ।

त्यहाँका सेना प्रमुखले राजनीतिमा हस्तक्षेप गर्न सक्ने बताए लगत्तै सेनाले राष्ट्रिय प्रशारक संस्था कब्जा गरेको हो । कब्जा लगत्तै विज्ञप्ति निकालेर सेनाले आफ्नो कारवाही अपराधिमाथि केन्द्रित रहेको बताएको छ । राष्ट्रपति सुरक्षित रहेको पनि सेनाले जनाएको छ ।  अर्थमन्त्री इग्नासियस चोम्बोलाई पनि सेनाले कब्जा गरेको बिबिसीमा उल्लेख छ । जिम्बाबे सरकारले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रपति मुगावेले उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि जिम्बावेमा राजनीतिक संकट गहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्