अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोनको अपमान गरेको भन्दै आक्रोश व्यक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोनको अपमान गरेको भन्दै आक्रोश व्यक्त

र्‍योङयाङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्।

गत साताको एसिया भ्रमणमा राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदलाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाली नेता किमको अपमान गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूको दाबी छ।

ट्रम्प एक डरपोक नेता भएको उत्तर कोरियाको दाबी छ । दक्षिण कोरियाली संसदलाई सम्बोधनको क्रममा उत्तर कोरिया एक त्र्रुर शासक भएको देश भनी ट्रम्पले उत्तर कोरियाको आलोचना गरेका थिए।

विगत केही समय अगाडिबाट राष्ट्रपति ट्रम्प र नेता किमबीच शाब्दिक द्वन्द्वको श्रृङखला बढिरहेको छ।
११ दिनको एसिया भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चीनको भ्रमण गरेका थिए।

चिनियाँ राष्ट्रपति सि जिङ पिङ र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाबारे छलफल भएको छ । दुई नेताहरू बीचको कुराकानी पश्चात् उत्तर कोरिया समस्या समाधान सम्भव भएको राष्ट्रपति ट्रम्पले बताएका थिए।

भेटवार्ताका क्रममा चीन तथा अमेरिकाको व्यापारलाई सन्तुलन बनाउने सहमति दुई नेताबीच भएको थियो । चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति ट्रम्पको भव्य स्वागत गर्दै रात्री भोजको समेत आयोजना गरेका थिए।

किमको आणविक हतियार परीक्षणको गतिविधिले उसको शासन सत्ता नै ध्वस्त हुन सक्ने दाबी ट्रम्पले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्