दक्षिण कोरियामा ५.४ म्याग्निच्यूडको भूकम्प

दक्षिण कोरियामा ५.४ म्याग्निच्यूडको भूकम्प

दक्षिण कोरियामा बुधबार दिउँसो भूकम्प गएको छ। दिउँसो २ बजेर २९ मिनेट जाँदा ५.४ म्याग्निच्यूडको भूकम्प गरेको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ। भुकम्पको केन्द्रविन्दु फोहाङ शहर रहेको बताइएको छ। ५.४ म्याग्निच्यूडको भूकम्पपछि पराकम्प आउने क्रम पनि जारी छ।

भूकम्पको धक्का राजधानी सउलसहित देशभर महशुस गरिएको सञ्चार माध्यमले जनाएका छन्। भूकम्पको धक्काले भवन तथा भौतिक संरचना हल्लिएकोले मानिस भागाभाग भएका थिए।

भूकम्पमा परी सात जना घाइते भएका र दर्जनौ सवारि साधनस र भवनमा क्षति पुगेको बताइएको छ। यद्यपि क्षतिको थप विवरण आउन बाँकी छ।

यसैबीच विदेश भ्रमणमा रहेका राष्ट्रपति मुन जे ईनले आकस्मिक बैठक बसी भूकम्प प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन सुरक्षा निकाय र अधिकारीलाई निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्