कोलोम्बियामा सडक दुर्घटना, १४ जनाको मृत्यु

<span class='c1'>कोलोम्बियामा सडक दुर्घटना,</span> <span class='c2'>१४ जनाको मृत्यु</span>

बोगोटा । उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलामामा आइतबार यात्रामा गइरहेको एउटा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । कोलोम्बियाली अधिकारीहरुले सो जानकारी दिएका छन् । मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ ।

यस बसमा कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा यकिन संख्या भने थाहा नभएको तर ठूलो संख्यामा व्यक्तिहरु रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

कोलोम्बियाको राजधानी बोगोटाबाट ५०० किलोमिटर टाढा रहेको एक राजमार्गमा सो दुर्घटना भएको थियो । रासस/सिन्हवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्