साउदी प्रिन्स मितब बिन अब्दुल्ला हिरासतमुक्त

<span class='c1'>साउदी प्रिन्स मितब</span> <span class='c2'>बिन अब्दुल्ला हिरासतमुक्त</span>

भ्रष्टाचारको आरोपमा पक्राउ परेका साउदी अरबका प्रिन्स मितब बिन अब्दुल्ला हिरासतमुक्त भएका छन् । साउदी सरकारले उनलाई तीन साता लामो हिरासतपछि मुक्त गरेको बीबीसीले जनाएको छ ।

राज सिंहासनको दावेदारका रूपमा हेरिएका प्रिन्स मितबलाई एक बिलियन डलरभन्दा बढी रकम सरकारलाई बुझाउने शर्तमा हिरासत मुक्त गरिएको बीबीसीले जनाएको छ । मितबलाई नोभेम्बर ४ मा भ्रष्टाचार विरोधी छापाका क्रममा हिरासतमा लिइएको थियो ।

उनीसँगै पक्राउ परेका अन्य तीन जना पनि साउदी सरकारका साथ सम्झौताका लागि सहमत भएको बताइएको छ । साउदी अरब नेशनल गार्ड्सका प्रमुख रहिसकेका प्रिन्स मितब क्राउन प्रिन्स मोहम्मद बिन सलमानका काका पट्टीका भाई हुन् ।

उनी भ्रष्टाचार विरोधी कारवाहीमा गिरफÞ्तार गरिएकाहरु मध्ये राजनीतिक रूपमा सबैभन्दा प्रभावशाली शाही व्यक्ति हुन् । ६४ वर्षिय मितब पूर्व राजा अब्दुल्लाहका एक्ला छोरा हुन् ।  मितलबलाई गिरफ्तार गर्नु अघि पदबाट बर्खास्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्