मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिने

मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिने

मुस्लिम देशहरुमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको यसअघि अमेरिकाभित्रै व्यापक विरोध भएको थियो।

यसअघि अदालतले उक्त निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न नमिल्ने आदेश दिएको थियो। तर, सर्वोच्च अदालतको सोमबारको आदेशले राष्ट्रपति ट्रम्पको सो निर्णयलाई सदर गरिदिएको बताइएको छ। ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पूर्ण रुपमा कार्यान्वयन गर्न पाउनेगरी खुला गरिएको हो।

यससँगै अब ती मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सकिनेछ। मुस्लिम नागरिकको बाहुल्य रहेका देशहरु सोमालिया, सिरिया, इराक, इरान, यमन, सुडान र लिबियाका नागरिक विरुद्ध राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेश गर्न नपाउनेगरी यात्रा प्रतिबन्ध लगाएका थिए। सोमबार सर्वोच्च अदालतका ९ मध्ये ७ न्यायाधीशले उक्त प्रतिबन्धको पक्षमा फैसला दिएका हुन्।

यसअघि क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमन्ड संघीय पुनरावेदन अदालतहरुले राष्ट्रपति ट्रम्पको उक्त नीति उचित नभएको बताएका थिए।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्। मुस्लिम बाहुल्य देशहरुमाथि लगाइएको यात्रा प्रतिबन्धले पुर्याकउने कानुनी लाभ र त्यसले पार्ने मानवीय असरबारे मानिसहरुले विभिन्न धारणा राखिरहेका छन्। (एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्