अफगानिस्तानमा हवाई कारबाहीमा १७ जना आइएस आतङ्ककारी मारिए

अफगानिस्तानमा हवाई कारबाहीमा १७ जना आइएस आतङ्ककारी मारिए

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन् ।

अफगान गृह मन्त्रालयले बिहीबार उक्त जानकारी दिएको छ । यस कारबाहीको क्रममा मारिएका १७ जना नै आइएस लडाकू रहेका प्रान्तीय सरकारका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन् ।

नान्गाहार प्रान्तको आचिन, हिसाराक, र देह बाला जिल्लामा गरेको कारबाहीमा ती सशस्त्र आतङ्ककारी मारिएका र अन्य तीन घाइते भएका मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सो जिल्लामा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिएका हुन् । यी जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ ।

अफगान र अन्तरराष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्