राहुल गान्धीद्धारा भारतीय कांग्रेसको अध्यक्षको जिम्मेबारी ग्रहण

राहुल गान्धीद्धारा भारतीय कांग्रेसको अध्यक्षको जिम्मेबारी ग्रहण

नयाँदिल्ली (रासस/एफपी/सिन्ह्वा) । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेका छन् ।

गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेकी छन् ।

भारतको निकै पुरानो पार्टी काँग्रेसमा उनले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिने बताएकी थिइन् । काँग्रेसको सबैभन्दा माथिल्लो पदका लागि पाँच दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरूले भारतको प्रधानमन्त्री भएका थिए ।

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकामा अहिले अध्यक्ष बनाइएको हो । गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दाबी छ ।
भारतीय काँग्रेसका कार्यकर्ताहरूले राहुलले पार्टी अध्यक्षको जिम्मेबारी सम्हालेपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरुले राहुल जिन्दावाद, राहुल गान्धी अमर रहुन्, लगायतका नारा लगाएका थिए ।

४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अव पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरेपनि कतिपयले भने संशय व्यक्त गरेका छन् ।  यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो ।

सोनीया अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् ।

इटालीमा जन्मेकी ७१ वर्षीया गान्धीले सन् २०११ मा उनी उपचारका लागि अमेरिका गएकी थिइन् ।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्