भारतको आर्थिक नगरी मुम्बईको साकी–नाका क्षेत्रमा पर्ने खैरानी रोडमा अवस्थित एक पसलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा ४ बजे भएको आगलागीमा परि १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आगलागी हुँदा पसलमा काम गर्ने १५ जना कारीगरहरु पसलकै भित्र सुतिरहेका थिए । विद्युत चुहावट हुँदा भएको आगलागी बिस्तारै पसलभित्र रहेका कपडा र खाद्यान्नमा सल्किएको बताइएको छ । १५ जना मध्ये १२ जना कारीगर आगोको चपेटामा परेपछि घरभित्रै फसेका थिए । उनीहरु ज्यान जोगाउन पसलको पहिलो तलामा बसेका थिए ।
अग्नी नियन्त्रक दलका सदस्यहरुले उनीहरुलाई घरभित्रबाट निकालेर राजावाडी अस्पताल पुर्याएका थिए । अस्पतालले उनीहरुलाई अस्पताल ल्याउनु अगावै मृत्यु भइसकेको घोषणा गरेको थियो ।