चीनले गर्यो १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द

<span class='c1'>चीनले गर्यो १३ हजारभन्दा</span> <span class='c2'>बढी अवैध वेबसाइट बन्द</span>

चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ ।सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । आजको गोरखापत्रको ‘सूचना-प्रविधि’ पृष्ठमा यो खबर छापिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् ।उनले अन्य दुई हजार दुई सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी गरिएको बताए ।यो अवधिमा चीनले आफ्नो देशको इन्टरनेट सेवाको आचारसंहिता उल्लघंन गरेको भन्दै करिब एक करोड इन्टरनेटका विभिन्न सेवाका एकाउन्ट बन्द गरेको छ ।

चीनले ती वेबसाइटले आतंकवादी समूहलाई सहयोग गरेको र अश्लील दृश्यको प्रयोग गरेकाले उक्त वेबसाइट बन्द गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्