नयाँ वर्षका दिन तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान

<span class='c1'>नयाँ वर्षका दिन तीन लाख</span> <span class='c2'>८६ हजार शिशु जन्मिएको अनुमान</span>

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ ।

युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्रमा भएको छ । ती राष्ट्रहरु भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश रहेका छन् ।

यी शिशुमध्ये केहीको दुर्भाग्यबस जन्मेको २४ घन्टाभित्रै मृत्यु पनि हुने गर्दछ । यस्तो अवस्था पनि ती देशमा नै रहेको छ । सन् २०१६ को एक तथ्याङ्कअनुसार जन्मेको २४ घण्टाभित्रै दुई हजार ६०० बालबालिकाको मृत्यु भएको थियो ।

युनिसेफका अनुसार विश्वमा करिब २० लाख बालबालिकाको जन्मेको एक हप्ताभित्रै मृत्यु हुने गरेको पाइने गरेको पनि सो संस्थाले दिएको समाचारमा उल्लेख गरिएको छ ।

त्यसैगरी २६ लाख बालबालिकाले आफ्नो जन्मपछिको अर्को महिना देख्न पाउने गरेका छैनन् । तर पनि विगत दुई दशकयता भने बालबालिकाको मृत्यु दरमा केही मात्रामा भए पनि कमि आएको देखिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्