६० वर्षपछि श्रीलंकाले हटायो महिलाहरुलाई मदिराजन्य पदार्थ सेवन प्रतिबन्ध

६० वर्षपछि श्रीलंकाले हटायो महिलाहरुलाई मदिराजन्य पदार्थ सेवन प्रतिबन्ध

काठमाडौं । श्रीलंकाले महिलाहरुलाई मदिराजन्य पदार्थ खरिद तथा सेवन गर्नमाथि लगाएको प्रतिबन्ध ६० वर्षपछि हटाउन लागेको बताएको छ । सरकारले १९५५ देखि लागू गरेको यो नियमले महिलाहरुमाथि भेदभाव गरेको भन्दै सो प्रतिबन्ध हटाइने भएको बीबीसीले बताएको छ ।

बुधबार यस नियमलाई परिवर्तन गरेपछि अबबाट श्रीलंकामा १८ वर्षभन्दा माथिका महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न र मदिराको व्यवसाय हुने स्थानमा काम समेत गर्न पाइने भएको छ । यसअघिको प्रतिबन्धविरुद्ध महिलाहरुले पटकपटक विरोध जनाइरहेको हुनाले उनीहरुले यो नयाँ परिवर्तनलाई सहजै अपनाएका छन् । कतिपय महिलाहरुले त सामाजिक संजालमार्फत सरकारलाई यस निर्णयका लागि खुसी व्यक्त गर्दै धन्यवाद समेत दिएका थिए ।

रेस्टुरेन्टमा काम गर्न देखि लिएर मदिरा पिउनका लागि पनि अब श्रीलंकाका महिलाहरुले अनुमति लिनु नपर्ने अर्थमन्त्री मंगल समरवीरले बुधबार घोषित गरेका हुन् । यो नयाँ परिवर्तनको धेरैले प्रशंसा गरिरहेको भएपनि अझै परम्परामा विश्वास राख्नेहरुले चाहिँ यसले महिलाहरुमा मदिराको लत बढाउने भन्दै विरोध जनाइरहेको पाइएको छ ।

परम्पराकै कारण श्रीलंकाले अहिलेसम्म त्यहाँ महिलाहरुलाई मदिरा पिउनबाट रोकिरहेको थियो र महिलाहरुले पनि यसलाई सम्मान गर्दै आइरहेका थिए । २०१६ मा श्रीलंकाको राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले मदिरा विरुद्ध अभियानमा सहभागी हुँदा हालका वर्षहरुमा देशमा मदिरा सेवन वृद्धि हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । तरपनि महिला विरुद्ध भेदभाव नहोस् भनेर यस्तो कदम उठाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्