इन्डोनेसियामा एक नेपालीको गोली लागि ज्यान गयो

<span class='c1'>इन्डोनेसियामा एक नेपालीको गोली</span> <span class='c2'>लागि ज्यान गयो</span>

काठमाडौं । इन्डोनेसियामा एक नेपालीको प्रहरीले चलाएको गोली लागि ज्यान गएको छ । गोली लागि मृत्यु हुनेमा ३४ वर्षीय शरण तामाङ रहेको भनिएपनि उनको ठेगाना खुलेको छैन । लागुऔषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले उनको खोजी गरेको बताइएको छ ।

प्रहरीले उनको साथबाट लागुऔष्ध समेत बरामद गरेको जनाईएको छ । यो खबरलाई मलेसियास्थित नेपाली दुतावासले पनि पुष्टि गरेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार तामाङ एक होटलमा बसेका थिए । सोधपुछका क्रममा उनले आफ्ना साथी रहेको बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको इन्डोनेसिया प्रहरीले जनाएको छ । परराष्ट्र मन्त्रालयले यसबारे थप जानकारी लिने काम भैरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्