पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या

<span class='c1'>पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई</span> <span class='c2'>महिला अभियन्ताको निर्मम हत्या</span>

दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो ।

३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन् ।

बच्चालाई पोलियो खुवाउँदै गरेका समयमा दुबै जनालाई गोली हानिएको थियो । कुन आपराधिक समूहले हत्या गरेको भन्ने खुलेको छैन ।

यसअघि पनि पाकिस्तानमा पोलियो खोप खुवाउनेविरुद्ध आतंकवादी समुहले हत्या गर्दै आएका थिए ।

पोलियो खुवाएर मुसलमानलाई नपुंसक बनाउने षडयन्त्र पश्चिमाहरुले गरेको भन्दै उनीहरु यस अभियानविरुद्ध लागेका छन् ।

आतंकवादीकै कारण पोलियो अभियान सफल नभएका तीन देश मध्ये पाकिस्तान पनि एक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अरु दुई देशमा नाइजेरिया र अफगानिस्तान रहेका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्