दिल्लीको पटाका कारखानामा आगलागी, १७ को मृत्यु

<span class='c1'>दिल्लीको पटाका कारखानामा आगलागी,</span> <span class='c2'>१७ को मृत्यु</span>

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको बाहिरी क्षेत्रमा रहेको बवाना औद्योगिक क्षेत्रमा अवस्थित पटाका कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बवाना औद्योगिक क्षेत्रमा अवस्थित दुई तले पटाका कारखानामा आगलागी हुँदा त्यहाँ कार्यरत कामदारको मृत्यु भएको हो । सुरुमा दिल्ली प्रहरीले नौ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । तर पछि मृतकको संख्या बढेर १७ पुगेको छ ।
पटाका कारखानाबाट सुरु भएको आगो नजिकै रहेको कार्पेट कारखाना र पेट्रोलियम पदार्थ ओसार पसार गर्ने ट्यांकरमा समेत सल्किएको एक अधिकारीले बताएका छन् । यद्यपि उनले आगलागी नियन्त्रणमा आइसकेको बताए ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आगलागीको घटनाको छानविन गर्न आदेश दिएका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीटरमा दिल्ली सरकारले राहत र उद्धार कार्यमा नजर राखिरहेको उल्लेख गरेका छन् ।
दिल्लीका शहरी विकास मन्त्री सत्येन्द्र जैनले घटनाको छानविनको आदेश दिइसकेको बताएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्