लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय

<span class='c1'>लालुप्रसाद यादवलाई पाँच</span> <span class='c2'>वर्षको जेल सजाय</span>

बुधबार राँचीस्थित सीबीआइको विशेष अदालतले ‘चाइबासा कोषागार’सँग जोडिएको ३३ करोड ६७ लाखभन्दा बढी भारतीय रुपैयाँको नक्कली बिल बनाएर रकम निकासा दिएको मुद्दामा लालुविरुद्ध यो सजाय सुनाएको हो ।

यो घोटाला २१ वर्ष पुराना हो ।

राष्ट्रिय जनता दलका अध्यक्ष रहेका लालुसँगै उक्त कान्डमा जोडिएका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रलाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

गत जनवरी १० मा मुद्दाको सुनुवाइ सकिएको थियो ।

सीबीआइले ७६ जनाविरुद्ध मुद्दा दर्ता गरेपनि सुनुवाइकैक्रममा १४ जनाको मृत्यु भइसकेको छ ।

यसअघि, जनवरी ६ मा चारा घोटालाकान्डमा दोषी पाइएपछि लालुलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो । यस मुद्दामा दोषी पाइएका लालुलाई हाल बिरसा मुन्डा केन्द्रीय कारागारमा राखिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्