इराकमा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ११ जना सर्वसाधारण नागरिकको मृत्यु

<span class='c1'>इराकमा आत्मघाती बम आक्रमणमा परी कम्तीमा</span> <span class='c2'>११ जना सर्वसाधारण नागरिकको मृत्यु</span>

बग्दाद । इराकको राजधानी बग्दादमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ११ जना सर्वसाधारण नागरिकको मृत्यु भएको समाचार छ ।

इराकको एक सरकारी अस्पतालका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार इराकमा बिहीबार भएको यो अर्को भीषण आक्रमण हो ।

यसअघि पनि इराकमा गत हप्तामात्र भएका दुईवटा आक्रमणमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

राजधानी बग्दादको मध्यभागमा रहेको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले बिहीबार विहान विस्फोट गराएका थिए । सो विस्फोटमा अरु कैयौँ जना घाइते पनि भएका छन् ।

सिन्ह्वा समाचार समितिकाअनुसार मध्य बग्दादको ताएयारन स्वाएरमा मारिने ती व्यक्तिमा सर्वसाधारण व्यक्ति र केही निर्माण सम्बन्धी काममा कार्यरत मजदूर रहेका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त भइसकेको छैन । विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्नसक्ने पनि प्रहरीको अनुमान रहेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्