रक्षा बजेट बृद्धि गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

<span class='c1'>रक्षा बजेट बृद्धि गर्दै</span> <span class='c2'>अमेरिकी राष्ट्रपति ट्रम्प</span>

वासिङ्टन । अमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा बृद्धि गर्न लागेका छन् । उनले सन् २०१९ का लागि अर्थात आगामी वर्षका लागि ७१६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेको समाचारमा जनाइएको छ । कांग्रेसले सो बजेट पारित गर्न त बाँकी नै छ, तर पनि राष्ट्रति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लाग्नुभएको रक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी अधिकारीलाई उद्धृतगर्दै अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएअनुसार सो बजेट यदि पारित भयो भने यसवर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ ।

राष्ट्रपति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन् गरिरहेको बताइएको छ । सो प्रस्तावबमोजिम नै बजेट निर्माण हुने वा बजेट कांग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ ।

सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरुका साथै अमेरिकी अश्त्रगृह निर्माणका लागि आवश्यक रहेको उनले प्रस्ताव गरेका छन् ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गतहप्ता गर्नुभएको प्रस्ताव बमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ ।

उनले गतहप्ता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्नेक्रममा अमेरिकी सरकारले सेनाको सशक्तिकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बताएका थिए ।

सोही बमोजिम यो बजेटको प्रस्ताव आएको अनुमान गरिएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्