१३ माघ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । १४० भन्दा बढी घाइते भएका छन् ।
विस्फोटकले भरिएको एम्बुलेन्समा अक्रमणकारी आएका थिए, जुन प्रहरी चेक प्वाइन्टबाट निस्किएर सडकमा आएको थियो । गृह मन्त्रालयको पुरानो भवन नजिकै आत्मघाती विस्फोट भएको प्रहरीले जनाएको छ ।