१८ लाख आप्रवासीलाई नागरिकता दिने ट्रम्पको योजना

<span class='c1'>१८ लाख आप्रवासीलाई नागरिकता</span> <span class='c2'>दिने ट्रम्पको योजना</span>

ह्वाइट हाउसले  झन्डै २० लाख आप्रवासीलाई नागरिकता प्रदान गर्ने सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ । लामो समयदेखि विवादित मेक्सिकोको सीमामा पर्खाल बनाउने फन्डको बदलामा यो योजना लागू गरिने भएको बीबीसीले जनाएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार ट्रम्पका वरिष्ठ सल्लाहकार स्टेफन मिलर र रिपब्लिकनका सदस्यहरुबीच बिहीबार भएको कन्फ्रेन्स कलपछि मात्र यो योजना सार्वजनिक गराइएको थियो । प्रस्ताव गरिएको यो विधेयक सोमबार मात्र बाहिर ल्याइनेछ जसमा मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन २५ बिलियन अमेरिकन डलरको पनि माग राखिने बताइएको छ । डेमोक्रेटिक पार्टीका नेताहरुले यसअघि नै मेक्सिकोको सीमा सम्बन्धी विवादित मुद्दामा विरोध जनाइसकेका छन् जसकारण वार्ता सफल हुनेमा अझै शंका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् ।

यस योजना अन्र्तगत १८ लाख मानिसहरुलाई १० देखि १२ वर्षसम्मको समय अवधिमा नागरिकता प्रदान गर्ने प्रक्रिया उल्लेख गरिएको छ । सो योजनामा बाल्यकालमा अवैध रुपमा अमेरिका आएकाहरुलाई पनि समावेश गरिएको छ जसलाई ओबामाको कार्यकालमा ‘डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स’ नामक ‘डाका’ कार्यक्रम अनुरुप सुरक्षित राखिएको थियो । यसबाहेक अन्य ११ लाख आप्रवासीहरुले चाहीँ ‘डाका’ कार्यक्रमका लागि आवेदन नदिएपनि यसका लागि योग्य रहेको बताइएको छ ।

ट्रम्पले ओबामाको कार्यकालको यस कार्यक्रमलाई गतवर्ष रद्द गराएपछि यो विषय त्यतिबेला धेरै विवादित बनेको थियो । उनले यसको विकल्पको खोजी गर्न आगामी मार्च महिनासम्मको समय दिएका थिए । तर, आप्रवासी सम्बन्धी सम्झौतामा सहमति नभएपछि पछिल्लो हप्ता सरकारले बजेट पारित गर्न नसक्दा सम्पूर्ण सरकारी कामकाज ठप्प हुन पुग्यो । यस्तोमा पुनः वार्ता गरिएपछि बुधबार सरकारले उक्त सम्झौता सफल बनाउन सम्भव रहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्