भारतमा बस दुर्घटनामा ४५ जनाको मृत्यु

<span class='c1'>भारतमा बस दुर्घटनामा</span> <span class='c2'>४५ जनाको मृत्यु</span>

नयाँदिल्ली । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो ।

यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त बसमा रहेका थप १० को शव नदीबाट निकालिएपछि मङ्गलबार सो सङ्ख्या ४५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बसमा करिब ५० यात्रु सवार रहेका र जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि चालकले नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो

चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन खोज्दा अकस्मात नियन्त्रण गुमाएर बस पुलको बारमा ठोक्किएर तल खसेको थियो । यस दुर्घटनामा परी महिला र बालबालिकासहित ४५ को मृत्यु भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र सो राज्यका मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भारतीय सरकारले मृतकका प्रत्येक परिवारलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशमा पर्दछ । मर्मत नगरिएको सडक, चालकको लापरबाही र ट्राफिक नियमको उल्लङ्घन भारतमा सडक दुर्घटनाको प्रमुख कारण हुने गरेको अधिकारीहरु बताउँछन् ।रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्