भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सडक दुर्घटनामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सडक दुर्घटनामा

माघ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन राजस्थानको कोटा–चित्तौड राजमार्गमा सडक दुर्घटनामा परेकी छिन् । उनको टाउकोमा चोट लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनामा एक जनाको ज्यान गएको बताइएको छ भने मोदी पत्नी जसोदाबेनलाई चित्तौडको एउटा अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार जसोदाबेन सामान्य घाइते भएको र उनलाई प्रहरीले अस्पताल लगेको थियो ।

यसभन्दा पहिले सन् २०१६ मा पासपोर्ट कार्यालयमा निवेदन दिन गएकी जसोदाबेन चर्चामा आएकी थिइन् । तर उनले भारतीय प्रधानमन्त्री मोदीसँगकाे वैवाहिक प्रमाणपत्र भने पेश गरेकी थिइनन् । उनले मोदीसँग गुजरातको मुख्यमन्त्री रहँदा नै आरटीआईमार्फत आफ्नौ वैवाहिक कागजपत्र माग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्