६ वर्षकी बालिकालाई बलात्कार गर्नेलाई चारपटक मृत्युदण्ड

६ वर्षकी बालिकालाई बलात्कार गर्नेलाई चारपटक मृत्युदण्ड

पाकिस्तानको एक अदालतले ६ वर्षकी बालिका जेनब अन्सारीको बलात्कारी हत्या गर्ने व्यक्तिलाई चारपटक मृत्युदण्ड दिने सजाय सुनाएको छ । अदालतले अभियुक्त इमरान अलीलाई चार मृत्युदण्डको सजाय सुनाएको हो ।

गएको जनवरी ४ मा कुरानको कक्षाका लागि जाँदै गरेकी जेनब अन्सारी पञ्जाबको कसूर क्षेत्रबाट बेपत्ता भएकी थिइन् । सिसिटिभी फुटेजमा जेनब एक अपरिचित व्यक्तिको हात समातेर जाँदै गरेको देखिएको थियो ।

त्यसको केही दिनपछि उनको शक फोहोरको थुप्रोमा भेटिएको थियो । त्यसको विरोधमा पाकिस्तानभर विरोध प्रदर्शन भएका थिए । प्रदर्शनको क्रममा हिंसा भड्किँदा दुईजनाको ज्यान गएको थियो ।

पाकिस्तान प्रहरी र पञ्जाबका मुख्यमन्त्रीका अनुसार जेनबका हत्यारा नै गएको वर्ष भएको बालयौन शोषणमा संलग्न रहेको बताएका छन् ।

अलीलाई अपहरण, बलात्कार, हत्या र आतंकवादको आरोपमा चार मृत्युदण्डाको सजाय सुनाइएको हो । यस्तै उनलाई अर्को एक आरोपमा जन्मकैदको फैसला पनि भएको छ ।

अली डिएनए परीक्षणको सहायताबाट पक्राउ परेका हुन् । प्रहरीले २० देखि ४५ वर्ष उमेर समूहका ११ सय ५० पुरुषको डिएनए परीक्षण गरेको थियो ।

त्यसमा अलीको डिएनए जेनबको बलात्कारपछिको नमूनासँग मात्रै नभएर अघिल्लो वर्ष भएको बालयौन हिंसासँग सम्बन्धित घटनासँग पनि मेल खाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्