डाक्टरले नै धामी–झाक्रीलाई गुरुमन्त्र सिकाएपछि…

डाक्टरले नै धामी–झाक्रीलाई गुरुमन्त्र सिकाएपछि…

सुमन सुस्केरा
विराटनगर, ८ फागुन ।
तपाईलाई अचम्म लाग्न सक्छ, डाक्टरले धामीलाई गुरुमन्त्री सिकाएँ भन्दा तर केही घरटनाहरु समाज रुपान्तरणको गतीलो माध्याम बन्दै गएको छ । यस्तै भएको छ, ईलाम र तेह्रथुममा । विराटनगरको एक निजी क्षेत्रको आँँखा अस्पतालले धामी झाँक्रीलाई ‘दरध’ मन्त्र सिकाएको खुलेको छ ।
विगत केही बर्ष देखि बिराटनगरमा रहेको बिराटनगर आँखा अस्पतालले ग्रामिण वस्तिहरुमा आँखा सम्बन्धि समस्या आउँदा गुरुमन्त्रको रुपमा ‘दरध’ मन्त्र सिकाउँदै धामी झाक्रीलाई उनीहरुको पेशाप्रति सचेत बनाएको हो । आँखा सम्बन्धि समस्या आउँदा कतिपय ग्रामिण बस्तीहरुमा अहिले पनि बिभिन्न बहानामा धामी झाक्रीकोमा जाने परम्परा कायम रहेको पाईएपछि त्यसलाई निरुत्साहित गर्नको लागि धामी झाँक्री अभियान संचालन गरिएको हो ।
धामीहरुलाई आँखा सम्बन्धि समस्याको बारेमा जानकारी नहुँदा कतिपयले आँखाको ज्योती नै गुमाउनु परेको यथार्थलाई मध्यनजर राख्दै पहाडी जिल्लाहरुमा यस्तो अभियान चलाईएको अस्पतालका डाक्टर सञ्जय कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणमा ईलामको चुलाचुली क्षेत्रलाई आधार बनाएर ‘दरध’ अर्थात दुख्ने र रातो हुँदा सम्म धामीले झारफुक गर्दापनि खासै असर नगर्ने तर धमिलो हुन थाल्ने बित्तिकै अस्पताल पठाउन झामीहरुलाई ‘दरध’ गुरुमन्त्रको रुपमा सिकाईएको हो ।
ईलाम भरीका ३५ जना धामीलाई चुलाचुलीमा र तेह्रथुम ३० जनालाई म्याङलुङमा आँखाको सम्वेदनशिलताको बारेमा जानकारी दिईएको हो ।
विराटनगर आँखा अस्पतालको निरिक्षण गर्न गएका एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अस्पतालले अहिले सम्म गरेको कार्य प्रगतीको बारेमा जानकारी दिँदै यसरी यो अभ्यासबाट काम गर्दा धामीलाई पनि मर्का नपर्ने अनी सर्बसाधारणको आँखाको ज्योति गुम्नबाट बच्ने डा.सिंहको भनाई छ । अस्पतालले सन २०१७ मा मात्र ४ लाख १३ हजार ४ सय ८५ जनाको आँखा जाँच गरेको छ । ति मध्य ६८ हजार ५ सय ५८ जनाको सल्यक्रिया गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगथत स्वास्थ्य क्षेत्रपनि पर्ने भएकोले आँखा अस्पतालले गरेको अभ्यासको बारेमा जानकारी लिएसँगै मन्त्री घिमिरेले रानीको मिल्स एरियामा सबै उद्योगहरु बन्द भएपछि रोजगारी दिने माध्याम आँखा अस्पताल भएकोले अस्पतालले अहिलेसम्म राम्रो काम गरेकोमा प्रशंसा गर्नुभयो ।
यो आँखा अस्पतालमा लावस, भारत, भुटान, बंगलादेशबाट समेत उपचारको लागि आउने गरेका छन् । अहिले आँचा उपचारको लागि मात्र दैनिक २ हजार बढी आउने गरेको अस्पताल संचालक विजयहरी विजयहरी शर्माले जाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्