स्कुले बिद्यार्थी अपहरणको प्रयास

स्कुले बिद्यार्थी अपहरणको प्रयास

९ फागुन ।
नाइजेरियाको उत्तर पूर्वी योवे राज्यको दाप्ची शहरमा लडाकू समूह बोको हरामले स्कुले विद्यार्थीलाई अपहरण गर्न खोजेको प्रयास असफल भएको छ ।
पिक अप ट्रकमा लडाकुहरु गोलावारी र विष्फोट गराउँदै शहर प्रवेश गरेको थाहा पाएपछि स्कूलका कर्मचारी र विद्यार्थी भाग्न सफल भएका थिए । स्कूल खाली देखेपछि उनीहरुले त्यहाँ लुटपाट मच्चाएका थिए । सन् २०१४ को अप्रिलमा बोको हरामले चिवोक शहरबाट २ सय ७० भन्दा बढी स्कूले छात्रा अपहरण गरेका थिए । जेलमा रहेका आफ्ना पाँच कमाण्डरको रिहाइको शर्तमा उनीहरुले केहीलाई उपयोग गरेका थिए भने केही छात्रा भाग्न सफल भएका थिए । तर अझै पनि सयभन्दा बढी छात्रा बोको हरामको कब्जामा छन् । उत्तरी नाइजेरियामा इस्लामिक राज्यको माग राख्दै बोको हरामले वर्षाैंदेखि सशस्त्र संघर्ष गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्