पूर्वी चीनमा सडक दुर्घटना, १० जनाको मृत्यु

पूर्वी चीनमा सडक दुर्घटना, १० जनाको मृत्यु

नानच्याङ । चीनको पूर्वी जियाङसी प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तिमा १० जनाको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

भारवहन क्षमताभन्दा बढी यात्रु लिएर हिडेको गुडिरहेका समयमा सडकबाट चिप्लिएर करिब १० मिटर तल रहेको खोल्सामा खसेको र नौ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय सार्वजनिक सुरक्षा विभागले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उन्नाइस सिट क्षमताको गाडीले ३२ जना यात्रु लिएर हिँडिरहेको समय गाडीले नियन्त्रणगुमाएको बताइएको छ ।

सख्त घाइते भएका एक यात्रुको उपचारका क्रममा स्थानीय अस्पतालमा निधन भएको छ । घटनामा घाइते भएका सवैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको स्थानीय सुरक्षा अधिकारीले जनाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्