थाहै नपाई मन्त्री शौचालयमा पुगेपछि, निर्णय कार्यान्वयनमा यसरी दौडिए प्रदेश मन्त्री

थाहै नपाई मन्त्री शौचालयमा पुगेपछि, निर्णय कार्यान्वयनमा यसरी दौडिए प्रदेश मन्त्री

सुमन सुस्केरा
विराटनगर, ९ फागुन ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे बिहान करिब ७ बजे नै मन्त्रलयमा पुग्नु भएको थियो । मन्त्री भएको हक हप्ता बितिसक्दा पनि कामले गति लिन नसकेपछि बिहानै सचिव सहितलाई राखेर योजना बनाउनमा ब्यस्त हुनु्हुन्थ्यो । सचिवको बाटो कुरेर बसेका मन्त्री घिमिरे मंगलवार साँझ मन्त्री मन्त्रालयमा हाजिर हुन आएपछि बिहानै कार्यालयमा आउनु भएको थियो ।

मंगरवार साँझै सचिव आउने बितिकै घिमिरेले पहिलो निर्णय गर्नुभयो । मोरङ जिल्लाका बिभिन्न सरकारी, सार्बजनिक तथा निजी क्षेत्रको सरसफाईको अबस्थाको बारेमा निरिक्षण गर्ने । त्यसपछि अर्को निर्णय भयो मन्त्रालयले बनाउने आगामी कार्यदिसाको सन्दर्भमा बिज्ञहरुसँग छलफल गर्ने त्यसपछिको अर्कोे निर्णय भनेको मन्त्रालयलाई ब्यवस्थित गर्नेकामलाई तिब्र बनाईने । एउटा कोठामा मन्त्रीको लागि बस्ने ब्यवस्था बाहेक कुनैपनि मन्त्रालय ब्यवस्थापनको काम नहुँदा मन्त्रीले काम गर्न असजिलो भएको जानकारी दिनुभयो । त्यसैको बिचमा पनि केही कामको शुरुवाती गर्ने भन्दै मन्त्री घिमिरेले सोमबार साँझ गरेको निर्णयको कार्यान्वयन गर्न १०ः३० बजे मन्त्रालयबाट केही कर्मचारीको साथ सरसफाईको अबस्थाको बारेमा बुझ्न निस्किनु भएको मन्त्रालयका उपसचिव फणिन्द खत्रीले जानकारी दिनुभयो ।
थाहै नपाई मन्त्री शौचालयमा
बिहानै झण्डा हल्लाउँदै निस्किएको प्रदेश मन्त्री जीवन घिमिरेको गाडी जिल्ला मालपोत कार्यालयको गेटमा गएर झ्याप्पै रोकियो । मन्त्री गाडीबाट एकाएक ओर्लिए र सिधै मालपोत कार्यालयको (शौचालय) ट्वाईलेटमा पुगे । अनी त्यहाँको सरसफाईको अबस्थाको बारेमा जानकारी लिनथाले । उहाँसँगै टोलीमा परिचालित ३ सदस्यीय टोलीले शौचालयको धाराको टुटी खोल्ने पानी आए नआएको हेर्ने, शौचालयको अबस्थाको बारेमा बुझ्दै गर्दा बल्ल कार्यालयका कर्मचारीले मन्त्री आएको थाहा पाएछन् । 
पानी विनाको ट्वाईलेट  : सर्वसाधारणको चाप हुने कार्यालय मध्यको एक मालपोत कार्यालय विराटनगरमा शौचालयमा पानी नै नभएको पाईयो । मन्त्री सहितो टोली त्यहाँ पुगेर अबस्थाको बारेमा जानकारी लिँदा शौचालय फोहोर र अब्यस्थित भेटिएको हो ।
त्यस कार्यालयको अनु्गमन सकेर निस्कीनै लागेको बेलासम्म केही पत्रकारहरु पनि पुगिसकेका थिए । मन्त्रीले के गरेका होलान् भनेर धेरै अन्यौल मै थिए । त्यस कार्यालयबाट बाहिर निस्कीनु भएका मन्त्री सिधै अर्को सेवाग्राहीको चाप हुने कार्यालय कोशी अञ्चल अस्पतालमा हुँईकिनुभयो । 
कोशी अस्पतालकोे पाईप फुटेपछि : कोशी अञ्चल अस्पतालमा ट्वाईलेटको अबस्था पनि उस्तै नै देखियो । ईमर्जेन्सीको सरसफाईको अबस्था प्रदुषण देखेर निस्किएको टोलीले ओपिडी सेवा संचालन हुँदै आएको स्थानको ट्वाईलेटको अबस्था झन भद्रगोल देखेपछि मन्त्री चुपचाप फर्किए । त्यस कार्यालयका प्रमुखले पनि मन्त्री आएको गएको पतो सम्म पाएनन् ।
सरसफाई भयो भने मात्र स्वस्थ्य रहन सकिन्छ । स्वास्थ्यको हिसावले पहिलो काम सरसफाई नै रहेकोले मन्त्रीको टीम यसरी हुईँकिएको हुनसक्ने कतिपयले अड्कल काटे । तर त्यहाँबाट मन्त्रीको गाडी सिधै वडा प्रहरी कार्यालय भित्र पस्यो । सबै भन्दा बिग्रिएको र भताभुङ्ग ट्वाईलेट यही कार्यालयको देखियो । कहिल्यै सफा नगरेकोे दुङदुङी गन्हाएको अबस्थामा थियो । फोहोरले शौचालयमा छिर्न सकिने बस्था थिएन । प्रहरी फोर्सको शौचालयको अबस्था देखेर मन्त्री नै अचम्ममा थिए । त्यस्तै टोलीले बिराटनगरकै ट्राफिक चोकमा रहेको सार्बजनिक शौचालयमा पुग्दा यहाँको अबस्था त झन् बिजोग थियो । शौचालयको बाहिर नै फोहोर थियो । दिसाको १० र विसावको ५ रुपैयाँ लिएर ठेक्का लिएका गोरत राउतले शौचालय विहान एक पटक मात्र सफा गर्ने गरेको बताउनुभयो ।दैनिक ७ सय बढी यही शौचालयले कमाउँदै आएकोमा शौचालयको अबस्था हेर्नै नहुने खालको थियो ।
त्यस्तै मन्त्रीले शैक्षिक क्षेत्र मध्येको नमुनाको रुपमा राखिएको सरस्वती माध्यामिक बिद्यालयको अबस्था बुझ्दै गर्दा छात्राको शौचालय केही हदसम्म सफा देखिएको भएपनि छात्रको शौचालयमा भने गुट्खा र खैनीको खोलले भरिएको थियो । त्यही क्रममा मन्त्रीले संक्षिप्त प्रतिक्रिया दिँदै अब बिद्यालयमा हुने यस्ता खालका कुलतलाई हटाउने अभियान चलाईने घोषणा गर्नुभयो ।
जुटबोरा भित्रको शौचालय: हाटखोलामा रहेको शौचालयको अबस्था बुझेपछि कटहरी गाउँपालिका पुगेको टोली बाबा जुटमिलमा पुग्यो ।

बाबाजुटमिलमा पुगेर शौचालयको अबस्था हेर्दा भत्किएको शौचालयमा मजदुर शौच गर्दैथिए । ठुला खाल्डोमा शौचालय गर्नुपर्ने वाध्यतामा मजदुरहरु देखिन्थे । एकातिर महिला शौचालय अर्कोतिर पुरुष गरी दुईवटा बनाईएको भएपनि दुबैको अबस्था हेर्नै नसकिने खालको थियो ।
ढोकामा जुटको बोरा टाँगिएको थियो, भित्र शौचालय भरी जमेको दिसाले पुरै शौचालय भरिएको थियो । यस्तोमा मजदुरले कसरी शौच गर्लान् सहजै अनुमान लगाउन सकिन्थ्यो । उद्योगका प्रमुख कार्यकारी अधिकृत धिरज मोहताले ६ सय जना मजदुर रहेको कारण समस्या हुने गरेको बताउनुभयो । जति सम्झाउँदा पनि फोहोर गर्ने गरेको भएपनि चेतनाको अभाव रहेका मजदुरहरु काम गर्न आउने गरेको भएकोले समस्या आएको बताउनुभयो ।
एकाएक कसैलाई जानकारी नै नदिई निस्किएका मन्त्री घिमिरेले १ घण्टा ४० मिनेटमा ७ स्थलको अनुगमन गर्नुभयो । मालपोत, कोशी अञ्चल अस्पताल, वडा प्रहरी कार्यालय, सार्बजनिक शौचालय, सरस्वती माध्यामिक बिद्यालय र बाबा जुट उद्योगको शौचालयको अबस्थाको बारेमा जानकारी लिनुभएका मन्त्री घिमिरेले बिहीवार अबस्थाको बारेमा प्रतिबेदन सार्बजनिक गर्ने र अनुगमन गरिएको मध्यको एउटालाई पुरस्कृत गर्ने जानकारी दिनुभयो । सरसफाईमा ध्यान नदिने सरकारी कार्यालयका कर्मचारीलाई सुधारको अवसर दिईने र त्यसलाई बेवास्ता गरे कार्वाही प्रक्रियामा लैजाने मन्त्री घिमिरेको योजना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्