पुपुवा न्यु गिनीमा ७.५ र जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

<span class='c1'>पुपुवा न्यु गिनीमा ७.५ र</span> <span class='c2'>जापानमा ५.७ म्याग्निच्युडको भूकम्प</span>

बेइजिङ ।  पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन ।

त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ ।फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भएतापनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।

जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार विहान सवेरै १ः२८ मा गएको थियो ।जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन । यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामा समेत महसूस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्