न्युरो हस्पिटल विराटनगरका ३ जना नर्सिङ स्टाफ सिङ्गापुर तालिममा

न्युरो हस्पिटल विराटनगरका ३ जना  नर्सिङ स्टाफ  सिङ्गापुर तालिममा

विराटनगर, २३ फागुन ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरले ३ जना नर्सिङ स्टाफलाई ५ दिने सिङ्गापुर तालिममा पठाएको छ । आफनो मानव संसाधनलाई व्यवस्थित गर्दै चुस्त र दुरुस्त बनाउने अभियान अन्तरगत नर्सिङ्गं स्टाफहरुलाई क्षमताको आधारमा मूल्याङ्कन गर्दै आन्तिरिक छनौटमा परेका ३ जनालाई सिंगापुर ५ दिने विशेष तालिम तथा अवलोकन भ्रमनको लागि सिंगापुर पठाएको हो ।
सिङ्गापुरमा ९ मार्च देखि हुन गइरहेको एशिया प्यासिफिक स्तरीय इनोभेटिभ केयरस् ट्रान्सफर्मिगं नर्सिगं केयर २०१८ मा सहभागि हुन शोभा भटराई, निता भटराई र एलिशा मास्केलाई पठाईएको अस्पतालका मेट्रोन सिता शर्माले बताईन् । अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्टले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तथा हौसला प्रदान गर्न बिभिन्न अवसर तथा तालिमको ब्यवस्था गर्दै आएको जानकारी दिए । उनले भने, बिभिन्न समयमा यस किसिमको अवसर प्रदान गर्दै आएका छौ, भविष्यमा पनि यसलाई निरन्तरता दिईने छ ।
अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट , वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोका, अपरेशनल डाइरेक्टर राजेश भटराई लगायतले सहभागी हुने नर्सहरुलाई शुभकामना ब्यक्त गरेकाथिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्