विराटनगरमा जैनभवनको यस्तो लापरवाही, शौचालयको फोहोर सडकमा-कार्वाहीमा महानगर निरिह(फोटो फिचर)

विराटनगरमा जैनभवनको यस्तो लापरवाही, शौचालयको फोहोर सडकमा-कार्वाहीमा महानगर निरिह(फोटो फिचर)

प्रेम देवान
विराटनगर २४ फागुन ।
विराटनगर महानगरपालिका वडा नम्बर ७ को सातघुम्तीबाट तपाई हिड्नु भएको छ ? यदी छ भने तपाईले हरेक दिन महसुस गर्नु भएकै होला । यहाँको सडक भरी पानि जमेको हुन्छ । यसरी जमेको पानी बिराटनगर महानगरपलिकाको ट्याङ्कर वा ब्यक्तिका घरहरुबाट ल्याएर धुलो नउड्ने पनि गराईएको हैन । यो पानी सातघुम्त सँगै टाँसिएको जैन भवनबाट शौचालयबाट निस्किएको पानी हो ।
यही दुर्गन्धका कारण सर्बसाधारण हैरान् छन् । करोडौको लगानीमा निर्माण भएको जैन भवनले आफ्नो फोहोर ब्यवस्थापनको लागि वेवास्ता गरेपछि अहिले यो समस्या छेउछाउका छिमेकीलाई मात्र हैन बाहिरबाट सवारी लिएर हिड्नेहरु पनि असहज भईरहेको छ ।
यसरी लामो समयदेखि दुर्गन्धबाट पिडीत भएका स्थानियवासीले वुधवार सात घुम्ती मोडमा आन्दोलन नै गर्नु प¥यो । उनीहरुले केहीबेर सडक बन्द नै गराएर फोहोर ब्यवस्थापनको माग गरे । सातघुम्ती रोडका स्थानीय जैनभवनबाट नालामा निस्कीएको दर्गन्धित नालामा मिसाउने अनी त्यही पानी सडकभरी भएपछि उनीहरु आन्दोलित भएका हुन ।
बाहिर खल्ला सडकमा फालिएको फोहोर शौचालयको पानीसँगै ढल नै बाहिर फालेपछि जैन भवनको बिरोधमा स्थानीय लागेका हुन । यसरी निस्किएको फोहोर पानी तथा गन्ध हावाका कारण बालबालिका पनि विरामी प घरमा दुर्गन्धका कारण घरमा खानपिन गर्न पनि गाह्रो हुने गरेको स्थानिय बजरङ्ग अग्रवालले गुनासो गर्नुभयो ।
अग्रवालले भन्नुभयो, ‘बाटोमा हिँडिसक्नु छैन, शौचालयको पुरै गन्ध आउँछ हामीले बारम्बार भने पनि जैन भवन र महानगरले चासो दिएन ।’ पटक पटक स्थानीयले विराटनगर महानगरपालिकालाई ब्यवस्थित गर्न आग्रह गरेको भएपनि वेवास्ता गरिएको उनीहरु बताउँछन् ।
अग्रवाल मात्र हैन स्थानीय व्यापारी दिपक आर्चायले उस्तै समस्या सुनाउनुभयो । दुगन्ध सहेर दिनभर अफिसमा बस्नुपर्ने बाध्यता त छनै आफिस आउजाउ गर्दा पनि बाटोमा जैनभवनको शौचालयबाट निस्किएको फोहोर पानी टेकेर हिड्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
लामो समयदेखिको फोहोर पानीको कारण स्थानियवासी मात्र हैन, सातघुम्ती रोडको बाटो हुदै दैनिक हिड्डुल गर्ने सर्वसाधरणलाई पनि उतिकै समस्या हुने गरेको स्थानीय सिता गुरुङले गुनासो गर्नभयो ।
सोही रोड हुदै विराटनगरको एक अस्पतालमा आएका रङगेलीका हरिबहादुर राई पनि मुखमा कालो माक्स लगाएर हिडिरहनु भएको थियो । ‘सडकमा नै बर्षामास जस्तो हिलाम्मे फोहोर पानी जमेको छ, राईले भन्नुभयो, ‘विराटनगरमा यसरी फोहोर पानी मनपरी फाल्न छुट छ की क्या हो?’जैनभवनमो दैनिक जसो हुने गरेको विवाह पार्टी जस्ता कार्यक्रमबाट निस्कीएका फोहोर जन्य पदार्थका रस र सेफ्टी ट्याङकीबाट निस्कीएको फोहोर पानीको गन्धले स्थानियवासीलाई समस्या भएको हो । यस बारेमा भवन संचालक, कर्मचारी तथा स्थानियवासी विच पटक पटक विवाद हुँदै आएको छ । यसविषयमा पटक पटक स्थानिय वडा कार्यलय, महानगरपालिका र जैन भवनलाई गुनासो गरे पनि कुनै सुनवाई नभएको स्थानियवासी चेतन अग्रवालले आरोप छ ।
विराटनगर ७ का वडा अध्यक्ष मधु तिवारी पनि केही समय पछि स्थलगत रुपमा आउनुभयो । ‘मैले यहाँको समस्या बुझेको छु, अब यस विषयमा महानगरसंग तत्काल कुरा राख्नेछु ,यसको समस्याको समाधान पनि चाडै हुनेछ ।’
समस्या सातघुम्तीमा
यो स्थानबाट आउजाउ गर्ने जो कोही यो समस्याबाट ग्रसित छन् । मुख र नाक नछोपी हिड्न सक्ने अवस्थामा नै छैन । नाला भरिएर पानी माथि सडकमा नै बगिरहेको छ। जैनभवनबाट निस्किएको फोहोर पानीले सडक पुरै ढाकेको छ ।
धनाढ्य अनि शिक्षित वर्ग माडवारी समुदायबाट संचालनमा रहेको यो जैन भवनको फोहोर पानी यसरी सडकमा फाल्दा समाजले कसरी हेर्ला भन्ने समेत हेक्का नगरि प्रदुषण बढाएकोमा कसैलाई पनि चित्त बुझेको छैन । यो अबस्थामा महानगर पनि रमिते बनेको छ । यसरी फोहोर पार्ने जैन भवनलाई कार्वाही गर्न सकेको छैन।
विगत ८ वर्ष अघि सात घुम्ती सडक फराकिलो बनाउने योजनामा महानगरले सडक भत्काएको थियो । तर अहिले सम्म उक्त स्थानमा बाटो र नाला बनाउने कुनै पहल गरिएको छैन । भत्काईएको संरचाना नबनाउँदा त्यसले नाला नै बन्द गरेको कारण पनि पानी अन्यत्र जाने ब्यवस्था नहुनुले समस्या थपिएका हो । त्यसमा केही बर्ष अघि मात्र निर्माण भएको जैन भवनको फोहोर ब्यवस्थानि नीति नअपनाउँदा सबैले समस्याको सामना गरिरहेका छन् । सर्वसाधारणलाई हिडडुल गर्न पनि समस्या हुदै आएको छ ।
महानगर निरिह
विराटनगर महानगरपालिकामा फोहोर मैला तथा नाला सरसफाई व्यावस्थापन भन्दै करौडौ रकम निकासा भईरहेको हुन्छ तर फोहोर मैला ब्यवस्थापन र नाला सरसफाईमा पटकै ध्इान गएको देखिँदैन । सातघुम्ती मोडमा देखा परेका विराटनगर महानगरपालीकाका फोहोर मैला व्यावस्थापनका शाखा प्रमुख हिरालाल यादवले पनि यस विषयमा तत्काल सबैपक्षसंग बसेर छलफल गरिने बताउनुभयो ।
जैन भवनमा प्राय उच्च मारवडी समुदायको विवाह, पार्टी, भोज, सांस्कृतिक कार्यक्रम, धार्मिक प्रवचन तथा समारोहहरुको आयोजना गर्छन । जैनभवनमा २ बर्ष अगाडी देखि विवाह जन्य भोजभतेरका कार्यक्रम गर्न सुरुवात गरिएको हो । जैनभवनमा करिव ५ देखि ६ सय सम्म मानिस अट्ने क्षमता रहेको छ ।
करिब २७ वटा कोठा वस्नको लागि व्यावस्था रहेको छ । जैनभवानबाट निस्किएको फोहोर जन्य पदार्थबाट स्थानीयवासी समस्यामा रहेका छन् । तर जैन भवनका संचालक समितीका अध्यक्ष जितेन्द्र गोल्छासँग यस बारेमा जानकारी लिँदा शौचालनको पानी बाहिर जानै नसक्ने दावी गर्नुभयो ।
‘भोजभतेरमा बनाएको खाद्यपदार्थ लगायत मिठाईको झोल बाहिर गएर गन्हाएको हुन सक्छ, गोल्छाले भन्नुभयो, ‘शौचालयको पानी बाहिर गएकै छैन, यदी बाहिर गएको भए महानगरको ईन्जिनियर ल्याएर देखाउनुस् ।’
माडवारी समुदायको हेपाहा प्रबृतीका कारण पनि यो समस्या तत्काल समाधान नभएको हो । यो समस्या जैन भवनको निर्माण सँगै देखिएको हो । त्यो भन्दा पहिला यस्ता समस्या नभएको स्थानीयको भनाइृ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्