श्रीलंकामा फेसबुक, व्हाट्सएप र इन्स्ट्रग्राम प्रतिवन्धित

श्रीलंकामा फेसबुक, व्हाट्सएप र इन्स्ट्रग्राम प्रतिवन्धित

काठमाडौं । श्रीलंकामा सोसल मिडियाको प्रयोगमाथि प्रतिवन्ध लगाइएको छ । कैंडीमा मुस्लिम र बौद्धहरुको बीचमा हिंसा बढेपछि श्रीलंका सरकारले सोशल मीडियाको प्रयोगमा प्रतिवन्ध लगाएको हो ।
दुई समुदायबीच सुरु भएकोे साम्प्रदायिक हिंसापछि १० दिनका लागि श्रीलंकामा संकटकाल लगाइएको छ ।
हिंसा बढाउने ढंगका भाषणको प्रचार रोकन श्रीलंका सरकारले देशका कयौं भागहरुमा फेसबुक, भाइबर, व्हाट्सएप और इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको वेब दुनियाँ डटकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्