काठमाडौं । प्रशान्त महासागरमा पर्ने देश पापुआ न्यू गिनीको पर्वतीय क्षेत्रमा गत साता गएको भूकम्पका कारण मर्नेको संख्या एक सयभन्दा बढी पुगेको छ । पपुआका प्रधानमन्त्री पीटर ओ नीलले ६.७ रेक्टर स्केलको भूकम्प पछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । २६ फेबु्रअरीमा गएको भूकम्प पछि सडक र बिजली भएका कारण उद्धारकर्मीहरु प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएका कारण राहतको काम अत्यन्तै सुस्त गतिमा चलिरहेको ‘वेब दुनियाँ डटकम’ ले जनाएको छ ।
अस्ट्रेलिया र न्यूजील्याडले भूकम्प प्रभावित क्षेत्रमा प्रभावितहरुका लागि राहत सामग्री पु¥याउन हेलिकप्टर र हवाई जहाज पठाएका छन् ।