किम जोङ उन र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता ‘चुनौतिपूर्ण’: माइक पोम्प

किम जोङ उन र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता ‘चुनौतिपूर्ण’: माइक पोम्प

काठमाडौं, फागुन २८ । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

उनले चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेको बताए । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग हुने वार्ताले सबैभन्दा ठूलो सम्झौता दिने बताएका थिए ।

वार्ता असफल भएमा त्यसले दुई मुलुकबीच ठूलो संकट निम्त्याउने उनको भनाइ थियो ।

सिआईएका निर्देशक पोम्मले उत्तर कोरियाको चुनौती सामना गर्न दूरदृष्टि आवश्यक रहेको पनि बताए । उनले उत्तर कोरियालाई वार्तामा ल्याउन अमेरिकी नेतृत्वको नाकाबन्दीले बाध्य बनाएको दाबी गरे ।

नाकाबन्दीकै कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उसलाई दबाब बढेको उनको भनाइ थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्