विराटनगरको मुसहर बस्तीमा राजुको काम, ट्राईसाईकलमा बसेर माचमा पढाई

विराटनगरको मुसहर बस्तीमा राजुको काम, ट्राईसाईकलमा बसेर माचमा पढाई

प्रेम देवान
विराटनगर ३ चैत । विराटनगर १६ को मुसहर बस्तीमा एकजना ट्राई साईकटमा किताव बोकेर पढाउँदै गरेका । बालबालिकाहरु झुत्रा, च्यातिएका र फाटेका लुगा लगाएर परालको माचबाट तिनै पढाउँदै गरेका ब्यक्तिमा केन्द्रित छन् । एकैछिन पछि तिनै ब्यक्ति अली अगाडीको एउटा घरमा छिरे । अपाङ्गता भएको ति ब्यक्ति ट्रईसाईकलमा थिए । त्यो घरमा छिरेर त्यहाँपनि धेरै बालबालिकाहरु थिए । उनले ति बालबालिकालाई आफुले सँगै ल्याएको साबुन निकाले अनी सबै बालबालिकालाई आफु नजिकै बोलाएर हात धुन सिकाए । बालबालिकासँग रम्न र खेल्न रमाउने यि ब्यक्ति हुन, विराटनगर १६ दरैया बस्तीका ३९ बर्षिय राजु क्षेत्री । शारिरिक रुपमा अपाङगता भएका यि ब्यक्ति अहिले अशिक्षित, पिछडिएको र सरसफाई कम गर्ने ऋषिदेव अर्थात मुसहर बस्तीमा हरेक दिन पुगेर त्यहाँका बालबालिका र उनीहरुको अभिभावकलाई शिक्षा दिने काममा ब्यस्त हुनुहुन्छ ।
उहाँको दैनिकी साधारण मानिसको भन्दा फरक छ । उहाँ सहजै डिडुल गर्न सक्नुहुन्न, हिड्डुल गर्न ट्राईसाईकल आवश्यक पर्दछ । नेपाल भारत सिमा क्षेत्र स्वाभाविक रुपमा अशिक्षित क्षेत्र नै हो । अझ मुमहर समुदायका बालबालिकाहरु आर्थिक अबस्था कमजोर भएका बुबाआमाका कारण शिक्षाबाट वञ्चित छन् । राजु यतिबेला नेपाल र भारतको सिमा नाका छेउमा पर्ने मुसहरी बस्तीमा गएर पढाउनु्हुन्छ । उहाँले आफुले जानेको कुरा बालबालिकालाई सिकाउनुहुन्छ, शिक्षा क्ष्ोत्रबाट बञ्चित भएका बालबालिकाहरुलाई पढाउनुहुन्छ ।
राजुले यो गर्ने सहयोग भनेको कसैले दिएको आर्थिक सहयोगका कारण हैन । राजु भन्नुहुन्छ, म आफैपनि आर्थिक अभावले जेलिएको ब्यक्ति हुँ, ‘तर म भन्दापनि अझ आर्थिक अबस्था कमजोर भएका बालबालिकालाई शिक्षा दिनसक्छु की भनेर यसरी लागेको हुँ ।’
राजुलाई मनमा त आर्थिक रुपले पनि धेरै नै सहयोग गर्ने रहर छ । तर कुरो आर्थिकमा आएर रोकिन्छ । यो मुसहर बस्तीमा रहेका बालबालिकालाई ‘शिक्षा र सरसफाईको लागि उहाँले अभियान चलाउनु भएको छ ।
अप्ठेरोमा बालबालिका
मुसहर समु्दायका बालबालिकाहरु अत्यन्तै आर्थिक अभावबाट बञ्चित भएर स्कुल सम्म जान सकिरहेका छैनन् । विद्यालय पनि जाँदैनन् अनी उनीहरुलाई सरसफाईको बारेमा पनि जानकारी हुँदैन । उनीहरुका अभिभावक पनि आफ्ना छोराछोरीलाई त्यसै घरमै छाडेर अर्काको घरमा काम गर्न जान्छन् । यसको असर पनि बालबालिकामा पर्छ हुन पनि आर्थिक अभावका बिचमा घर त चलाउनै प¥यो। यीे परिवारहरुपनि त्यसैको धुनमा छन् ।
गत साउनमा आएको बाढीले पनि ती बालबालिकाहरु प्रभावित भए । कतिपयका फुसका घर समेत बाढीले बगाएर ओढ्ने ओच्छाउने, हाडाभाडा अनि पढ्ने किताब कलम समेत बगाएर लगेपछि धेरै वालवालिका त्यस यता विद्यालय नै गएका छ्रैनन् । केही संघ संस्थाले अभियान चलाएर बिद्यालयसम्म पुगेका बालबालिका पनि बिद्यालय जानै छाडे । यस्तो अबस्थाका धेरै बालबालिका बिद्यालयबाट वञ्चीत छन् ।
राजुको  भोगाई
राजुको जीवन भोगाई अरुको भन्दा फरक छ । स–साना बालबालिकासँग खेल्ने रमाउने उहाँको दैनिकी हो । राजु आफ्नो ट्राईसाईकलमा बिहानै साढे सात बजे आधा घण्टाको बाटो हिँडेर बालबालिका भएको ठाउँमा पुगिहाल्नुहुन्छ । हरेक दिन साढे सात बजे देखिको एक घण्टा उहाँको दैनिकी गरिब असाहय बालबालिकाको बालबालिकाको लागि हो । उहाँ यसरी अपाङ्गता हुनुको पछाडीको कारण भनेको डाक्टरले सही उपचार समयमा नगरिदिनु नै हो । आर्थिक अबस्था कमजोर रहेका राजु कक्षा १० सम्म पढ्दा केही भएको थिएन । जब उहाँको टेष्ट गरिक्षा नजिकिँदै आयो त्यसपछि मात्र उहाँको जीवनमा एउटा चोट आईलाग्यो । साईकल चलाएर घर फर्किँदै गरेका राजुको साईकल लड्यो उठ्न खोज्दा समस्या भयो कोशी अञ्चल अस्पताल लग्दा पनि ठिक भएन । उहाँ विराटनगरमा उपचार नहुने भएपनि काठमाण्डौको टिचिङ हस्पिटल पनि जानुभयो । लामो समय सम्म पनि उहाँको चोटको बारेमा कुनै डाक्टरले यस्तो भएको हो भन्न सकेनन् । शुरुमा नसा च्यापिएको बताएका डाक्टरहरुले पछि मात्र थाहा पाए राजु्को स्पाईनलमा चोट लागेको हो भनेर । त्यो थाहा पाउँदासम्म राजु अपाङ्ग भईसक्नु भएको थियो । उहाँले यही उपचार कै क्रममा झण्डै १० बर्ष आफ्नो पढाई छाड्नुभयो । तर पनि फेरी उहाँले आफ्नो पढाईलाई निरन्तरता दिनुभयो र अहिले उहाँले बिएड सम्मको पढाई पु¥याउनु भएको छ । राजु आफु पनि पढ्दै केही गर्ने सोचमा पुग्नुभयो र उहाँले विराटनगर आँखा अस्पतालमा काम पनि गर्न थाल्नुभयो । उहाँलाई विराटनगर आँखा अस्पतालले १३ हजार पारिश्रमिक दिन्छ । त्यसैले उहाँको घरखर्च चल्छ । राजु घरको एकमात्र छोरा हुन् । दुई दिदि बहिनीहरु पनि छन् । तर घर परिवार चलाउने दायित्व एउटै छोरो भएको कारण उहाँको काँधमा छ।
मन कुँडिएपछि वालवालिकासँग
राजु आर्थिक अबस्था कमजोर भएपनि पढाईमा तिष्ण दिमागा भएका थिए । राजुले कक्षा ९ मा पढ्दा नै गाउँका बालबालिका भेला गरेर पढाउँथे । त्यसैको आधारभमा उनलाई पढाउने बिषय कुनै नौलो थिएन । एकदिन राजु आफ्नो घर दरैयाबाट पस्चिम तिर घुम्दै जानु भएको थियो । बाढीले सखाप पारेको उजाड बस्तीका बालबालिकाहरु घरमा अभिभावक भएका त अभिभावकसँग थिए नभएकाहरु खेलेर दिन बिताएको देख्दा उहाँको निक्कै मन छोयो । त्यसैको आधारमा उहाँले जब फागुन लाग्यो अनी उहाँले यो अभियान शुरु गर्ने योजना बनाउनुभयो । शुरुमा त के गर्ने नगर्ने अन्यौल नै थियो । जब काम शुरु गर्नु भयो , गाउँका सबै बालबालिका वरिपरि आएर पढ्न थाले । ‘परिवर्तन गर्न त गाह्रो छ राजु भन्नुहुन्छ, उनीहरुलाई केही चेन्ज गर्न सकियो भने त्यो जतिको पुण्य अरु केही हुनेछैन ।’ राजुले बालबालिकाहरुलाई पढ्न र स्वास्थ्यका ज्ञानज्ञुनका कुराहरु सिकाउने काम अलिक अप्ठेरो गरी बुझ्छन् ।
सरसफाईको यस्तो काम
एकै गाउँको बस्तीको यस्ता बालबालिकाको बारेमा जानकारी पाएर एक्कैले पढाउन थालेका राजुले त्यसको लागि आबस्यक शैक्षिक सामाग्रीको लागि थप समस्या देखियो । यो अभियानमा पारस थापा, जतिन ताम्राकार केही युवा अभियान्ताको पनि हात छ । बालबालिकाहरुलाई पढ्न,लेख्न, स्वास्थ्य हेरचार, दिसापिसाब गरिसकेपछि कसरी हात धुने, बिहान बेलुकी दात माझ्ने जस्ता सल्लाह सुझाव राजुले दिँदै आउनु भएको छ । हरेक शनिबार उनीहरुका अभिवाकलाई समेत भेला गरी स्वास्थ्य सम्बन्धी सचेतना गराउने काम हुन्छ । यो बस्तीका २५ जना भन्दा बढी बालबालिकाहरुलाई राजुले प्रत्येक दिन पढाउने काम गर्नुहुन्छ । राजुले यस्तो अभियान थालेसँगै बालबालिकाहरुमा धेरै परिवर्तन आएको छ । बालबालिकाहरुमा आफ्नो नाम भन्न र लेख्न सक्ने अनि हातखुट्टा धोएर मात्रा खाना खानुपर्छ भन्ने वानी बसालेका छन्।
राजुको दैनिकी
राजुको मेहनत अरुको लागि लोभलाग्दो छ । विहान ६ बजे दैनिक उठेर ७ बजे घरबाट हिड्नुहुन्छ । १ घण्टा बालबालिकासँग रमाउने, पढाउने अनी सिकाउने काम उहाँले गर्नुहुन्छ । त्यसपछि ९ बजे घर फर्किएर खाना खाएर साढे नौ बजे घरबाट निस्किनुहुन्छ । विराटनगर आँखा अस्पताल रानीको चस्मा विभागमा काम गर्नुहुन्छ । विहान १० बजे अस्पताल जाने अनि बेलुकी ५ बजे घर फर्कने उहाँको दैनिकी हो । उहाँलाई ट्राई साईकलमा आउन करिब आधा घन्टा बढी लाग्छ । राजुभन्नुहुन्छ, ‘मेरो शरिर अपाङगता भएर के भयो त ?मन त अपाङ्ग छैन नी ।’ राजु कृष्ण बहादुर बोगटी क्षेत्री र सकुन्तलादेवीको एक मात्र छोरा हुन् । उनका अरु दुई बहिनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्