खोकीले हैरान बनायो ? यी घरेलु उपाय अपनाउनुस्

खोकीले हैरान बनायो ? यी घरेलु उपाय अपनाउनुस्

अदुवा
अदुवामा एन्टीब्याक्टेरियल तत्त्व हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ । अदुवा पिँधेर रस निकाल्नुस् । अब त्यसमा मह मिसाएर पिउनुस् । अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ । दिनदिनै अदुवा चपाउँदा पनि लहरेखोकीलाई केही हप्तामा हटाउन सकिन्छ ।

बेसार
बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन् । एक चम्चा महमा बेसार मिसाएर खानुस् । यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ । बेसारले रुघाखोकीलाई चाँडो नाश गर्छ ।

लसुन
एउटा लसुन मसिनो गरी काटेर पानीमा उमाल्नुस् । अब त्यही पानीले बाफ लिनुस् । दिनदिनै बाफ लिँदा दुई हप्तामा लहरेखोकी ठीक हुन्छ । आहारमा लसुन समावेश गर्नुभयो भने जाडोका समस्याबाट मुक्ति पाइन्छ ।

ज्वानो
चार चम्चा जैतूनको तेल तीनचार अलिकति ज्वानो हालेर हलुका तताउनुस् । तेल मनतातो पारेर राति सुत्नुअघि छातीको मालिश गर्नुस् ।

मुलेठी
गला खराब हुँदा वा खोकी लाग्दा मुलेठी सेवन गर्नुस् । मुलेठीको एक सानो टुक्रा चुस्ने गर्दा लहरेखोकीबाट राहत प्राप्त हुन्छ ।

मह र मूलाको रस
एक चम्चा महमा एक चम्चा मूलाको रस मिसाएर पिउनुस् । त्यसमा सीधे नून मिसाएर पनि पिउन सक्नुहुन्छ । दिनको दुईचोटि पिउँदा खकार र लहरेखोकीको समस्याबाट मुक्ति पाइन्छ ।

केसर
लहरेखोकी ठीक पार्नका लागि केसर अचूक औषधि हो । यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वले संक्रमण रोक्नुका साथै रुघाबाट पनि मुक्ति दिन्छ । केसरको स्टिग्मामा आधा कप पानी हालेर घोल्नुस् । यो घोललाई दिनदिनै सेवन गर्नुस् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्