भिडियो गेमको लागि आफ्नै दिदीको गोली हानेर हत्या

<span class='c1'>भिडियो गेमको लागि आफ्नै</span> <span class='c2'>दिदीको गोली हानेर हत्या</span>

बीबीसी । अधिकांश बालबालिकाहरुमा भिडियो गेमको अत्यधिक मोह हुन्छ । तर त्यसैको निहुँमा अमेरिकाका एक बालकले भने हद पार गरेका छन् । हालै बाहिर आएको यस घटनामा एक ६ वर्षीय बालकले भिडियो गेमकै मुद्दामा १३ वर्षीया दिदीसँग कुरा नमिल्दा उनीमाथि गोली प्रहार गरेका हुन् ।

पुलिसले बताएअनुसार दिदीले गेम खेल्ने कन्ट्रोलर नदिएपछि उनले बन्दुक उठाइ पछाडिबाट गोली हानेका हुन् । यस्तोमा गोली सिधै ती बालिकाको दिमागमा लाग्न पुग्दा उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

शनिबार भएको यस घटनाबारे स्थानीय अधिकारीले जानकारी दिँदै उनको मेमफिस अस्पतालमा मृत्यु भएको बताएका छन् भने ती बालकले बन्दुक कसरी पाए भन्नेबारे चाहिँ अझै स्पष्ट पत्ता नलागेको बताइएको छ ।

यसका साथै ती नौ वर्षका बालकलाई यस अपराधका लागि कस्तो कानूनी सजायँ दिइने भन्ने पनि तय भइसकेको छैन । अधिकारीले भने, ‘सायद उसले भिडियो गेममा वा टिभीमा यस्तो देखेको हुनुपर्छ । गोली चलाउँदा के हुन्छ भन्ने उसलाई थाहा भए नभएको पनि अझै प्रष्ट जानकारी छैन । यो अत्यन्तै दुःखद् घटना हो ।’

यस घटनाका समयमा उनीहरुकी आमा भने छुट्टै कोठमा अर्को बच्चालाई खाना खुवाउनमा व्यस्त रहेको बताइएको छ । यसबारे अनुसन्धान गरिरहेको पुलिसको टोलीले पनि ती बालकले २५ क्यालिबरको ह्यान्डगन कसरी भेट्टाए भन्नेबारे पत्ता लगाउने प्रयास गरिरहेको बताएको छ ।

स्थानीय संचारसँगे कुरा गर्दै एक अधिकारीले भनेका छन्, ‘यो घटना हाम्रा लागि धेरै नयाँ रहेको छ । अहिलेसम्म कहिल्यै पनि हामीले एक नौ वर्षीय बालकसँग अन्तरक्रिया गरेका छैनौँ जसले गोली चलाएर अर्का बच्चाको हत्या गरेका छन् । त्यसैले हामीलाई यसको अनुसन्धानमा पनि निकै समस्या भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्