फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरीको आशंका, विश्वभर तिब्र प्रतिक्रिया

फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरीको आशंका, विश्वभर तिब्र प्रतिक्रिया

सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ ।

यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् ।

बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गर्दै फेसबुकलाई उचित कदम चाल्न भनेका छन् ।

खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको छ । फेसबुकले आरोपबारे अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्